काठमाडौँ, ४ पौष । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध १ च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका ५ वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका लागि धौलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको हो ।
बालक ढुङ्गानालाई सडक क्रस गर्दै गर्दा जिपले ठक्कर दिएको छ । जिप चालक पर्वतको जलजला गाउँपालिका–८ नाङ्लिबाङका–२५ वर्षीय सुनिल नेपालीले प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्