अर्थ

कुरिलोको मूल्य बढ्यो



काठमाडौँ, ४ पौष । बजारमा कुरिलोको मूल्य बढेको छ

होलसेलमै किलोको १२ सय रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कुरिलोको होलसेल मूल्य बढेको हो ।

हिजो बिहीबारको तुलनामा आज शुक्रबार कुरिलो प्रतिकिलो थोकमा औसत ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजारदेखि अधिकतम ११ सय र औसत १ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार प्रतिकिलो न्यूनतम १ हजारदेखि अधिकतम १२ सय र औसत ११ सय रुपैयाँमा किनबेच भइरहेको छ ।