समाचार

१२ जना जुवाडे पक्राउ



काठमाडौँ, ४ पौष । जुवातास खेलेको आरोपमा भक्तपुरबाट १२ जना पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका–७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६२ वर्षीय राधेश्याम सैजु समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।