काठमाडौँ, ५ पौष । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु रकुहिरो लागेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्