काठमाडौँ, ५ पौष । नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षमा शून्यमा झरेको छ ।
सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण गरेपछि समस्या नियन्त्रणमा आएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार आयोडिनयुक्त नुनको पहुँच झन्डै शत प्रतिशत पुगेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको कार्यक्रम साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त आपूर्ति व्यवस्थापनका कारण सफल भएको राष्ट्रिय योजना आयोगको आन्तरिक मूल्याङ्कन प्रतिवेदन (२०७३) ले देखाएको छ । अहिले दुर्गम हिमाली तथा पहाडी २२ वटा जिल्लामा आयोडिनयुक्त नुनको सहज पहुँच सुनिश्चित गरिएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि अहिलेसम्म कार्यक्रमले शत प्रतिशत सफलता हासिल गरेको मन्त्रालयको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्