काठमाडौँ, ६ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् ।
आज पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्ति आफ्नो रोटी सेक्ने प्रयास गरिरहेको अवस्थामा वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवाको बलिदान बिर्सन नहुनेसमेत उनको धारणा थियो । निर्वाचन बिथोल्न केही शक्ति सक्रिय रहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए ।
उनले कसैप्रति कटाक्ष नगर्ने बताएका छन् । उनले भने, “कसैप्रति कटाक्ष गर्ने मुडमा छैन । कसैलाई हिलो छ्याप्ने पक्षमा छैन । यो लडाइँमा हाम्रो एउटा आह्वानमा साथ दिनुभयो,” “हस्ताक्षर अभियानमा ४० लाख जनता सहभागी हुनुभयो ।”










प्रतिक्रिया दिनुहोस्