Banner News

आजको मौसम



काठमाडौँ, ७ पौष । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै देशभर आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशभरको मौसम साधारणतया सफा रहनेछ ।

तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु रकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।