काठमाडौँ, ७ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता भएको छ ।
आज ओली देउवा भेट्न काठमाडौँको महाराजगन्जस्थित उनको निवास पुगेका हुन् ।
ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि महाराजगन्ज गएका थिए । ‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ ।
भेटमा देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन् ।










प्रतिक्रिया दिनुहोस्