समाचार

लाखौँ बराबरको धनमाल चोरी



काठमाडौँ, ८ पौष । काठमाडौँको टोखा नगरपालिका–३ सूर्यदर्शन हाइटमा एक व्यक्तिको डेरा कोठाबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ ।

नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भई हाल सोही स्थानमा बस्दै आएका ४५ वर्षीय भवानी थपलियाको कोठामा सोमबार बिहान चोरी भएको हो । 

कोठामा कोही नभएको मौका छोपी चोरले सुनका विभिन्न गरगहना र नगद गरी करिब १२ लाख २ हजार ५ सय रुपैयाँ बराबरको सम्पत्ति हात पारेको छ । घटनालगत्तै प्रहरीलाई खबर गरिएपछि चोरीमा संलग्न फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको छ । 

प्रहरीले घटनास्थलको प्रारम्भिक जाँच पुरा गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।