काठमाडौँ, ८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो संसद्को वैधता पूर्णत: सकिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका हुन् । २१ फागुनमा हुने चुनावबाट आउने परिणामले पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउने उनको विश्वास छ ।
उनले लेखेका छन्, ‘अगाडिको उज्यालो बाटो । २३ भदौको नरसंहारका लागि जिम्मेवार एमाले–कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत: सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन । २१ फागुनको आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ । त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ ।’










प्रतिक्रिया दिनुहोस्