काठमाडौँ, ९ पौष । राष्ट्रिय परीक्षा बोर्डले अपांगता भएका विद्यार्थीलाई होम सेन्टर (पढेकै विद्यालयको परीक्षा केन्द्र) मै परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ ।
बोर्डले अपांगता भएका परीक्षार्थीका लागि परीक्षा सहजीकरण निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो । निर्देशिकामा अपांगता भएका परीक्षार्थीका लागि सकेसम्म होम सेन्टर कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा केन्द्र अपांगतामैत्री हुनुपर्ने उल्लेख छ ।
ऐनमा शारीरिक, दृष्टि, सुनाइ, श्रवणदृष्टिविहीन, स्वर तथा बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तश्राव हेमोफोलिया, अटिजम र बहुअपांगतासम्बन्धी १० वटा प्रकार तोकेको छ ।










प्रतिक्रिया दिनुहोस्