काठमाडौँ, ९ पौष । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ जुकेपानीमा ट्याक्टर दुर्घटना भएको छ ।
जुकेपानी–नयाँपोखरा जोड्ने मोटर बाटो मर्मत सामग्री बोकेको लु ४ त ८३६ नम्बरको ट्याक्टर बुधबार बिहान अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो ।
दुर्घटनामा ट्याक्टरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
ट्याक्टर इस्मा गाउँपालिका–४ दोहोली निवासी २४ वर्षीय राजेश गन्धर्वले चलाइरहेका थिए । सो ट्याक्टरमा सिमेन्ट र तेलका ड्रम थिए ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक रामअचल यादव नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।










प्रतिक्रिया दिनुहोस्