अर्थ

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने



काठमाडौँ, ९ पौष । नेपाल टेलिकम (एनटीसी) ले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको सेयरको अंकित मूल्य (फेस भ्यालू) १०० रुपैयाँ रहेको छ।

यसैगरी, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले पनि सेयरधनीलाई कुल १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।