काठमाडौँ, ९ पौष । अभिनेत्री स्वस्तिमा खड्काको नाम र तस्वीर दुरुपयोग गरेर पैसा मागिएको बताइएको छ ।
स्वस्तिमाले सामाजिक सञ्जालमा पैसा मागिएको च्याटको स्क्रिन सटसहित फेसबुकबाट त्यस्ता मेसेजमा नझुक्किन आग्रह गरेकी छन् । उनी लेख्छिन्, ‘ मेरो नामको दुरुप्रयोग गर्दै ह्वाट्सएप भाइबरमा पैसा मेरा साथीहरूलाई माग्दै गरेको भेटिएको हुनाले त्यस्ता मेसेजहरुमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’










प्रतिक्रिया दिनुहोस्