राजनीति

रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव



काठमाडौँ, ९ पौष । नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलन हुने बेलाका गृहमन्त्री तथा पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बयान दिन जान सुझाव दिएका छन्। 

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताहरूले लेखकलाई बयान दिन जान सुझाव दिएका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । 

उनले भने, ‘आजको बैठकमा उहाँ (लेखक) लाई छानबिन आयोगले पत्र काटेको विषयमा कुरा उठेको थियो । नेताहरूले उहाँलाई आयोगमा गएर आफ्ना कुरा राख्न सुझाव दिनुभयो,’ । कार्की नेतृत्वको आयोगले मंगलबार लेखकलाई पत्र काट्दै शुक्रबार बयान दिन बोलाएको छ ।