काठमाडौँ, १० पौष । चलचित्र ‘मुगलान’ आजबाट प्रदर्शनमा आएको छ ।
आशिष ढकालको लेखन तथा निर्देशन रहेको चलचित्र बिदाको अवसर पारेर आजबाट प्रदर्शनमा आएको हो ।
यो चलचित्रले निकै न्यून शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्ना काठमाडौँका आउटलेटमा जम्मा तीन शो दिएको छ । पाएका तीन शोमा पनि उल्लेख्य अग्रिम बुकिङ देखिएको छैन ।
‘मुगलान’ले युवाको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गरेको निर्माणपक्षले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्