काठमाडौँ, १० पौष । बजारमा हरियो अकबरे खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अकबरे खुर्सानी मूल्य बढेको हो ।
अकबरे खुर्सानीको भाउ प्रतिकिलो थोकमा औसत ४१ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा औसत ३ सय २५ रुपैयाँमा अकबरे खुर्सानी किनबेच भएको थियो । आज प्रतिकिलो भाउ ३ सय ६६ रुपैयाँ कायम छ ।










प्रतिक्रिया दिनुहोस्