परासी, १३ पौष । शितलहर बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले दुई दिन विद्यालय बिदा गरेको छ ।
एक सातादेखि बढेको हुस्सु र चिसोले जनजीवन प्रभावित भएपछि पौष १३ र १४ गते दुई दिनका लागि पालिकाभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो ।
जिल्लामा केही दिनदेखि दिनभर हुस्सु लाग्ने, शितलहर चलेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ ।










प्रतिक्रिया दिनुहोस्