काठमाडौँ, १३ पौष । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ ।
राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
निक्षेप संकलनको बोलकबोल आज हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
यसको साँवा र ब्याज भुक्तानी भने यही पुस २५ गते हुने बताइएको छ । साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्