अर्थ

प्याजको मूल्य बढ्यो



काठमाडौँ, १३ पौष । बजारमा सुकेको प्याजको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सुकेको प्याजको मूल्य बढेको हो ।

आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५८ र औसत ४८ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ५२ देखि अधिकतम ५७ र औसत ५४ रुपैयाँ कायम छ ।

मंसिर अन्तिम साता सुकेको प्याज न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।