Banner News

काठमाडौ एमाले – माओवादीकेन्द्र सहमति नजिकः ७– ३



काठमाडौ, २४असोज । काठमाडौ जिल्लामा आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गरेर लड्ने बिषयमा एमाले र माओवादीबीच करिव करिव सहमति भएको छ । यद्यपी औपचारिक निर्णय हुने भने बाँकी छ। देशभरी नै क्षेत्रको टुंगो लगाउन एमाले स्थायी समितिको बैठक संसदीय दलदको कार्यालय सिंहदरवारमा बसी रहेको छ।

यस अघि क्षेत्र बाँंडफाँंडका बिषयमा दुबै पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो। स्रोतका अनुसार एमाले स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच भएको छलफलका बारेमा बिफ्रिङ गरेका थिए ।

स्थायी समितिको बैठकमा अन्या क्षेत्रका बारेमा छलफल भए पनि काठमाडौ जिल्लामा भने सहमति नजिक पुगेको जानकारी बैठकमा गराईएको थियो। सहमति अनुसार प्रतिनिधिसभाका लागि काठमाडौका १० मध्य ७ मा एमाले र ३निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले निर्वाचन लड्ने भएका छन।

एमालेले काठमाडौको २, ४, ५, ७, ९ र १० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनृ छ। त्यसैगरी माओवादी केन्द्रले १ , ३ र ८ पाउने भएको छ। यस क्षेत्रका उम्मेदवार भने आ आफ्नो पार्टीले गरेको निर्णय अनुसार हुने भएको छ ।