काठमाडौँ, १५ पौष । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई विश्वसामु जीवन्त राख्न मद्दत पुर्याएको उल्लेख गरे।
मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले तमु समुदायको पर्व ‘तमु ल्होसार’ र दुरा समुदायको ‘म्हैप्रु नकुमा’ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले ल्होसार र म्हैप्रु नकुमा पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै यी पर्वहरूले नेपालीहरूबिचको पारस्परिक सद्भाव र सहिष्णुतालाई अझ मजबुत बनाउने कामना समेत गरेका छन् ।
हाम्रा मौलिक संस्कार र संस्कृतिहरू नेपाली पहिचानका बलिया स्तम्भ भएको बताउँदै यिनै विविधताले समाजलाई एकताबद्ध बनाएको प्रचण्डले उल्लेख गरेका छन् । आपसी सद्भाव र सहअस्तित्वलाई नेपाली सांस्कृतिक जीवनको सुन्दर आधार मान्दै उनले परिवर्तनका हरेक आन्दोलनमा यी बहुल समुदायको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे ।










प्रतिक्रिया दिनुहोस्