समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, १५ पौष । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ स्थित गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चक्रपथबाट हात्तीगौंडा जाँदै गरेको प्रदेश–२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएका २५ वर्षीय अबि श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर विद्युत्को पोलमा ठक्कर खाएको थियो । मृतक श्रेष्ठ रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्थानीय हुन् ।