समाचार

१४ जना जुवाडे पक्राउ



काठमाडौँ, १५ पौष । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित सल्लाघारीबाट १४ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ४१ वर्षीय गोपाल बहादुर बलको डेरामा जुवा खेल्दै गरेकाहरु पक्राउ परेका हुन् । 

जुवा खालबाट १ लाख ५३ हजार नगद बरामद गरिएको छ । सोमबार साँझ पक्राउ पर्नेमा जुवाखाल सञ्चालन गर्ने गोपाल बहादुर बल, सिन्धुली घर भएका रेसम कुँवर, सिताराम जोगी, ओम बहादुर जोगी, राम बहादुर जोगी, जित बहादुर जोगी, रामेछापको खाँडादेवी घर भएका दीपक श्रेष्ठ, रामेछापको दोरम्बा गाउँपालिका घर भएका विजय तामाङ र मनकाजी मोक्तान छन् ।

प्रहरीले रामेछापको सुनापति गाउँपालिका घर भएका राज बहादुर लामा, खाँडादेवी गाउँपालिका घर भएका गणेश बिक, सिन्धुपाल्चोक घर भएका वाङ्गेल लामा, काभ्रे घर भएका बसमान तामाङ र बाँके घर भएका पप्पु चौधरी छन् । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।