समाचार

ट्याटु हाउसमा एक युवक मृत फेला



काठमाडौँ, १५ पौष । कैलालीको बर्दगोरिया गाउँपालिका-२ बौनियामा ट्याटु हाउसभित्र एक युवक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय दिलीप ढुंगानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका-८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको हो ।

उनी झुन्डिएको अवस्थामा भेटिए पनि अहिले आफन्त आइरहेकोले थप अनुसन्धान त्यसपछि मात्र अघि बढाइने प्रहरीले जनाएको छ ।