सुनसरी, १६ पौष । सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।
चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न अभिभावकलाई आग्रह गरेका छन् । चिसो बढेपछि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्