नवलपुर, १६ पौष । नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिले पनि प्रहरीका लुटिएका हतियार अपराधिका हातमा रहेका बताउनुभएको छ ।
मंगलबार नवलपुरमा आयोजित एक श्रद्धाञ्जली सभामा बोल्दै गुरुङले अझै पनि सरकारले लुटिएका हतियार फिर्ता लिन नसकेको बताउनुभयो । अपराधीको हातमा परेको हतियार फिर्ता नभएसम्म भयरहित वातावरणमा निर्वाचन हुन नसक्ने गुरुङले बताउनुभयो । ‘अपराधीको हातमा रहेका हतियार निर्वाचनको लागि सबैभन्दा बढी चुनौती छ’, उहाँले भन्नुभयो ।
अपराधीको हातमा भएको बन्दुकबाट कुनै पनि पार्टीका उम्मेदवार, पार्टीका नेता वा प्रतिनिधिहरू मारिन सक्ने उहाँले बताउनुभयो । ‘जबसम्म जनताहरूले भयरहित वातावरणमा मतदान स्थलमा पुग्ने वातावरण बन्दैन, उम्मेदवारहरूले भयरहित वातावरणमा चुनाव प्रचार गर्ने वातावरण बन्दैन, तबसम्म चुनाव हुन सक्दैन’, उहाँले भन्नुभयो ।
आफूहरू चुनावबाट भागेको नभई चुनावको वातावरण बन्नु पर्छ भन्ने पक्षमा रहेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा संसद् पुनर्स्थापना आवश्यक रहेको उहाँले बताउनुभयो । संसद् पुनर्स्थापना भयो भने संविधान लिकमा आउने उहाँको धारणा छ । यसको लागि पनि संसद् पुनर्स्थापना आवश्यक छ भनेर आफूहरूले भनेको गुरुङले बताउनभयो ।










प्रतिक्रिया दिनुहोस्