काठमाडौँ, १६ पौष । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् ।
कोसी प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक सुरक्षा गोष्ठी आयोजनामा बोल्दै गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन हुने भन्दै यसको तयारी सुरु भइसकेको बताए ।
उनले भने, “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ ।” उनले निर्वाचनलाई भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै दलहरूसमेत तयारीमा लागिसकेको बताए ।
गृहमन्त्रीसँगै मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखहरू गोष्ठीमा सहभागी छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति छ ।
गोष्ठीका क्रममा प्रदेशभित्रका सुरक्षा प्रमुखहरूले आआफ्नो जिल्लाको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता र निर्वाचनका समयमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत ‘ब्रिफिङ’ गर्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्