काठमाडौँ, १६ पौष । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कुमार कार्कीले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा राज्य संयन्त्र पूर्णरूपमा असफल भएको बताएका छन् ।
आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उक्त समयमा राज्य केवल ‘रमिते’ बनेको र आफूहरू झण्डै भाग्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।
उनले भने, ‘हामी रमिते बनेर हेर्यौं । विभिन्न कुराहरू मिडियाहरूमा पनि आइराख्या छन्, हामी सबै हेरेर बस्यौं। र, भाग्यो भनेर भन्न त मिलेन, तर झण्डै–झण्डै भाग्या थियौं हामी सबै ।’
मुलुकमा ९० हजार नेपाल प्रहरी, करिब १ लाख नेपाली सेना र ३५ हजारको हाराहारीमा सशस्त्र प्रहरी बल हुँदाहुँदै पनि स्थिति ‘आउट अफ कन्ट्रोल’ हुनु राज्यको कमजोरी भएको उनको भनाइ थियो। ‘यी सबै भूमिकामा हामी असफल भयौं भन्ने लाग्छ मलाई त्यो दिन,’ उनले थपे।










प्रतिक्रिया दिनुहोस्