समाचार

प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ



काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र दोलखा घर भएका ३४ वर्षीय प्रकाश तामाङलाई पक्राउ गरेको हो ।

लागुऔषधजन्य औषधी बेचेको भन्दै डर, धम्की देखाएर रकम असुल्ने गरको आरोप उनीहरुमाथि छ । पक्राउ परेकाहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धानअघि बढाइएको छ ।