काठमाडौँ, १७ पौष । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने निर्वाचनको तयारीमा लागि सकेको बताएका छन् ।
आज काठमाडौँमा अध्यागमन विभागद्वारा आयोजित ’विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताए ।
उनले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उदेश्य आज शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशे ढुङ्गा साबित हुने मन्त्री अर्यालले विश्वास व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्