राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका दुर्गा प्रसाईंले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
आज प्रधानमन्त्रीसहितको उपस्थितीमा भएको वार्तामा प्रसाईंले १५ चैतको घटनाका बारेमा आफूलाई चलाइएका मुद्दा र अन्य मुद्दाहरू समेत फिर्ता गर्न माग राखेको बताइएको छ ।
आफ्ना मुद्दा फिर्ता गर्न माग राखेका प्रसाईंले २४ भदौको घटनामा जेनजीहरुलाई पक्राउ गर्दै मुद्दा चलाइएका त्यो पनि फिर्ता गर्नुपर्ने माग वार्तामा राखेका छन् ।
त्यसैगरी कसैलाई पनि कालोसूचीमा नराख्न प्रसाईंले माग गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्