काठमाडौँ, १८ पौष । आज २०८२ साल पौष १८ गते शुक्रबारको राशिफल ।
मेष : स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुने योग छ । लगानी गर्नुपर्ने भए सहकार्य गरेमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।
वृष : उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । आज गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मिथुन : मानसिक चिन्ता र असन्तुष्टि बढ्नेछ । व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ । राज्यका तर्फबाट अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।
कर्कट : शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ । दाजुभाइले साथ दिनेछन् । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । कपडाको व्यापारमा राम्रो आम्दानी हुनेछ । राज्यको निगरानीमा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।
सिंह :स्वास्थ्यले साथ दिनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । लगानी गर्ने भए शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तर मन अशान्त बन्नसक्छ ।
कन्या : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोगले सताउने जोखिम छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।
तुला : दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा सचेत बन्नु आवश्यक देखिन्छ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने देखिन्छ । परिवारमा मेलमिलाप बढ्नेछ ।
वृश्चिक : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च हुँदा मन खिन्न बन्नेछ । सहकर्मीले साथ दिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ । साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्ने योग रहेको छ ।
धनु : शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । मन उदास बन्नसक्छ । दिनको सुरुवात दान वा पिपलको दर्शनबाट गर्न सकेमा दैनिकी सहज बन्नेछ ।
मकर : गला र कलाको प्रदर्शनले नाम र दाम मिल्नेछ । स्वास्थ्य लाभ हुनेछ । आर्थिक अवस्थामा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।
कुम्भ : दिन सामान्य छ । हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछ । मानसिक रुपमा खटपटी बढ्नेछ । मध्य साढेसाती भएकाले बिहान उठेर शिवको भजन गर्न सकेमा दैनिकी सहज बन्नेछ ।
मीन : आज सोचेका काम पूरा हुनेछन् । कतै घुमफिरको योजना बन्न सक्छ । खर्च पनि हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।










प्रतिक्रिया दिनुहोस्