काठमाडौँ, १८ पौष । बजारमा स्याउको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार स्याउको मूल्यवृद्धि भएको हो ।
आज फुजी स्याउको भाउ थोकमा प्रतिकिलो न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय २३ रुपैयाँ कायम छ ।
हिजो बिहीबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय २० तथा औसत ३ सय रुपैयाँमा किनबेच भएको थियो । हिजो बिहीबारको तुलनामा शुक्रबार फुजी स्याउको औसत भाउ २३ रुपैयाँ बढेको छ ।
यस्तै झोले स्याउ भने प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्