अर्थ

काठमाडौँ उपत्यकाबाट ३४ लाख बराबरको धनमाल चोरी



काठमाडौँ, १९ पौष । काठमाडौँ उपत्यका करिब ३४ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँको चन्द्रागिरी र तारकेश्वर नगरपालिकाका तीन स्थान, महानगरपालिकाको ईनार चोक र कैलालीको धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना भएका हुन् ।

चन्द्रागिरी नगरपालिका–१४ बाईछापमा डेरा गरी बस्ने ३४ वर्षीया काजल बोगटीको कोठाबाट सबैभन्दा ठूलो रकम बराबरको धनमाल चोरी भएको छ । उनको कोठाबाट नगद र सुनचाँदीका गरगहनासहित करिब १८ लाख ७७ हजार रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ । 

यस्तै, तारकेश्वर नगरपालिका–१० मनमैजुमा सुजन तामाङको डेराबाट २ लाख ६ हजार र सोही नगरपालिकाको वडा नम्बर ११ नेपालटारमा हेमा कुमारी खड्काको कोठाबाट ३ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका–१५ ईनार चोकमा बिमला परियारको कोठाबाट पनि १० लाख रुपैयाँ बराबरको नगद तथा सुनका गरगहना चोरी भएको छ । 

प्रहरीले यी सबै चोरीका घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।