समाचार

बाघको आक्रमणबाट एक जनाको मृत्यु



काठमाडौँ, २० पौष । बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा बाघको आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको हो ।

गाई चराउन गएको बेला शनिवार दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जङ्गलमा उनीमाथि बाघले आक्रमण गरेको थियो । भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासि आक्रमण गरेकाे जानकारी प्रहरीलाई जानकारी दिएका थिए ।

भण्डारीसँगै रहेका अन्यलाई पनि बाघले आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।