लमजुङ, २६ असोज । गुण्डा नायकेका रुपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभामा लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ ।
मंसिर १० गते हुने पहिलो चरणको चुनावमा उनी माथिल्लो मनाङको नेस्याङ र नारफु गाउँपालिकाका सम्मिलित क्षेत्रबाट प्रदेश सदस्यमा चुनाव लड्नेछन् ।
माथिल्लो मनाङस्थित मनाङ गाउँका स्थायी बासिन्दा उनी प्रायः काठमाडौं बस्छन् । स्थानीय तहको चुनावदेखि भने उनी बाक्लै रुपमा मनाङ आउजाउ गर्दै स्थानीयको घरदैलो गरिरहेका छन् ।
यसअघि राप्रपामा रहेका उनी स्थानीय तह चुनावमा राप्रपाकै प्रचारमा मनाङ खटिएका थिए । राप्रपा जिल्ला अध्यक्ष समेत रहेका उनी उक्त पार्टीको जिल्ला कार्य समितिका सबै पदाधिकारीसहित साताअघि मात्रै एमालेमा प्रवेश गरेका हुन् ।
कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्