काठमाडौं, २६ असोज । प्रधानन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् ।
विधानत १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्रै बनाएका छैनन्, साधारण सदस्यसमेत हुन अयोग्ग नेता खुमबहादुर खड्कालाई चुनावमा टिकट बाँड्ने महत्वपूर्ण समितिमा मनोनयन गरी कानूनको पनि उल्लंघन गरेका छन् । खड्का सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगिसकेका व्यक्ति हुन् ।
उम्मेदवार छान्ने अधिकारसम्पन्न संसदीय समिति पार्टी महाधिवेशनको दुई बर्षपछि बनेको हो । समितिले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गर्ने छ । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्