काठमाडौँ, २२ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका छन् ।
आज एमालेको पार्टी कार्यालय च्यासलमा जारी सचिवालयको बैठकमा अध्यक्ष ओलीले ब्रिफिङ गर्दै भने ‘देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन। एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको छ’ ।
त्यस्तै ओलीले बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू माथि धम्की दिने, संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिने काम गरिरहेको आरोप पनि लगाए । त्यस्तै ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए ।










प्रतिक्रिया दिनुहोस्