तनहुँ, २४ पौष । तनहुँको दमौलीमा आजदेखि छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव सुरु हुँदैछ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सुरु हुन लागेको महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । यसअघि विसं २०७९ पुस २२ गतेदेखि पाँचौँ जनजाति महोत्सव गरिएको थियो । महोत्सवले तनहुँका जातजातिका संस्कृति संरक्षणका साथै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुग्ने उनले बताए ।
सांस्कृतिक महोत्सवमा नमूना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका स्टल, साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्