काठमाडौँ, २४ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।











प्रतिक्रिया दिनुहोस्