काठमाडौँ, २५ पौष । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दोहोर्याएका छन् ।
आज सामाजिक सञ्जाल एक्समा संक्षिप्त धारणा राख्दै शर्माले कांग्रेस पार्टी ‘फुट्ने’ भय र भ्रम नराख्न आग्रह गरेका छन् ।
‘पार्टी एकता जोगाउन विष पिउन तयार’, ‘विभाजन हुन लागे हलबाट बाहिरिने l’ हामीले यो भन्नूको अर्थ- हो विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न,’ उनले लेखेका छन्, ‘फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह l दोस्रो विशेष महाधिवेशन ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि !’
महामन्त्रीद्वय शर्मा र गगन थापाले पुस २७-२८ का लागि विशेष महाधिवेशनको औपचारिक आह्वान गरेपछि पार्टीमा आन्तरिक द्वन्द्व उत्कर्षमा छ ।
दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई बदलिएको समयअनुसार पार्टीलाई नयाँ ऊर्जा र दिशाबोध दिनका लागि भएको दुवै महामन्त्रीले स्पष्ट पार्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्