राजनीति

संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व हुन्छ: मन्त्री खरेल



काठमाडौँ, २५ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व रहने दाबी गरेका छन् ।

शुक्रबार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा  आयोजित एक कार्यक्रममा बोल्दै उनले संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताए ।

उनले भने, ‘मेरो विचारमा जुनसुकै पार्टीले पनि अहिले कोटाहरू तोकेको छ युवाहरूका लागि । यो हामी आशा गर्ने ठाउँ हो । यस पटक पार्लियामेन्टमा वा गोभरर्मेन्टमा जुनसुकै पार्टीबाट आएपनि युवाहरूको यस्तो वर्चश्व हुनेवाला छ । युवाहरूको वर्चश्व हुन भनेको यो डिपार्टमेन्टको लागि खुशीको कुरा हो । त्यो संसदको समिति हुन्छ । त्यहाँ आवाज उठछ ।’