Banner News

कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त



काठमाडौँ, २६ पौष । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष नियुक्त भएका छन् ।

आज बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए । 

उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ । 

यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भए पनि कुरा नमिलेपछि अव दुवै पार्टी अलग अलग चुनावमा जाने भएका छन् ।