राजनीति

विशेष महाधिवेशन वैधानिक छैन : प्रकाशशरण महत



काठमाडौँ, २६ पौष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको सन्दर्भलाई रोक्नुपर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकाले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पार्टीले एउटा निर्णय गरिसकेको छ । नियमित अधिवेशन गर्ने । नियमित अधिवेशन यो समयमा सम्पन्न गर्न नसकिने अवस्थामा संशोधित कार्यतालिका पास गरेको छ । त्यो निर्णय हामी सबैले मान्नुपर्छ । पदाधिकारी साथीहरुले त झन निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ,’ ‘यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन । विशेष अधिवेशनमा सहभागी हुन हुँदैन । आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ । हामी अझै चाहन्छौँ, विशेष अधिवेशनको सन्दर्भलाई यहीँ रोकौँ । सम्पूर्ण पार्टी एकत्रित भएर जाऔँ ।’