काठमाडौँ, २७ पौष । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना हुदा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको हो ।
दुर्घटनामा परी दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवैजनालाई मृत घोषणा गरेको हो ।
जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्याकटर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हो ।
परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्याक्टर चालक सुरेश भट्ट फरार छन् । उनको खोजतलास कार्य जारी रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्