समाचार

फरार अभियुक्त पक्राउ



काठमाडौँ, २८ पौष । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेका एक बन्दी फरार भएको झण्डै चार महिनापछि पक्राउ परेका छन् ।

मोरङ प्रहरीका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी ३२ वर्षीय नागेन्द्र कुमार पाललाई विराटनगरबाट नियन्त्रणमा लिएको हो ।

पाल गएको २०८२ भदौ २५ गते जेनजी आन्दोलनको समयमा कारागारबाट भागेका थिए । कारागारबाट फरार भएदेखि नै प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो । यसै क्रममा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले गएराति विराटनगर महानगरपालिका-२ स्थित बन्जराचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पाललाई आवश्यक कानुनी कारबाहीका लागि मोरङ जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।