समाचार

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी



काठमाडौँ, २८ पौष । म्याग्दीको मालिका गाउँपालिकामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मालिका गाउँपालिका-२ साले बस्ने ५० वर्षीय फरम बिकलाई आइतबार राति नियन्त्रणमा लिएको हो ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको टोलीले बिकलाई घरैबाट पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप विवरण संकलन गर्ने र कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको जानकारी दिएको छ ।