राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो



काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।  कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ । यो सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ ।