काठमाडौ,२७ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाउँदै मन्त्रीमण्डल विस्तार गर्नु भएको हो ।
त्यसैगरि देउवाले कान्ता भट्टराई, कुन्ती शाही, भाष्कर भद्रा र सुशिल श्रेष्ठलाई राज्य मन्त्रीका नियुक्त गुर्न भएको छ । राप्रपाबाट आठ जना मन्त्री थपिएसँगै देउवा मन्त्रिपरिषद ६४ सदस्यीय भएको छ ।
राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यो सँगै देउवा नेतृत्वको सरकार अहिलेसम्मकै ठूलो भएको छ । प्रधानमन्त्री देउवाले सातौं पटक मन्त्रीमण्डल विस्तार गर्नु भएको हो ।
जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेको र निर्वाचन आचारसंहित लागु भएको समयमा फेरि मन्त्रिमण्डल विस्तार भएको छ । यस अघि देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप्नु भएको थियो । यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ६४ सदस्यीय भएको छ, जसमा चार उपप्रधानमन्त्री, २६ मन्त्री, तीन जना विनाविभागीय मन्त्री र ३१ राज्यमन्त्री छन् ।
प्रतिक्रिया दिनुहोस्